राजनीति

कांग्रेसद्वारा राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको स्वागत

नेपाली कांग्रेस संसदीय दलले पार्टीका बहालवाला राष्ट्रियसभा सदस्य र नवनिर्वाचित सदस्यबीच परिचयात्मक भेटघाट कार्यक्रम आयोजना गरेको छ ।

कांग्रेस संसदीय दल

कांग्रेस संसदीय दलको कार्यालयमा आइतबार भएको कार्यक्रममा नवनिर्वाचित राष्ट्रियसभाका सदस्यहरुलाई कांग्रेस राष्ट्रियसभामा संसदीय दलका नेता रमेशजङ्ग रायमाझीले स्वागत गर्नुभएको थियो । त्यस अवसरमा उहाँले राष्ट्रियसभामा हालसम्म कांग्रेसको भूमिका, राष्ट्रियसभा र विषयगत समितिहरुमा कांग्रेसको कार्यसम्पादनबारे नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुलाई जानकारी गराउनुभएको थियो ।

राष्ट्रियसभा दिगो विकास तथा सुशसान समितिका सभापति प्रकाश पन्थ, राष्ट्रियसभा सदस्य कमला पन्त, अनिता देवकोटा, कृष्णप्रसाद पौडेल, दुर्गाकुमारी गुरुङ, नारायणदत्त मिश्र र युवराज शर्माले आफ्ना अनुभव सुनाउनुभएको थियो । निवनिर्वाचित राष्ट्रियसभा सदस्यहरु कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुङ्गाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया र बलदेव बोहराले राष्ट्रियसभाको गरिमालाई उच्च राख्ने, कानुन निर्माणमा सक्रियता साथ लाग्ने र जनताका अपेक्षा सम्बोधन हुनेगरी निष्ठाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.