जापान

कास्की-पोखरा समाज जापानद्वारा विभिन्न व्यक्तित्व सम्मानित

कास्की-पोखरा समाज जापानले गैरआवासीय नेपाली संघ (एनआरएनए) उपाध्यक्षमा निर्वाचित संस्थाका संरक्षक रोविन शेरचनसहितका व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

यही फेब्रुअरी २५ आइतबार आयोजित एक समारोहमा समाजका संरक्षक एवं पूर्व अध्यक्ष तथा गैरआवाशीय नेपाली संघ आईसीसी सदस्य विकास श्रेष्ठ, समाजका सल्लाहकार नेपाली जन प्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेल, समाजका संस्थापक सदस्य ब्रेज मेश्रों घान्द्रुक समाज जापानको अध्यक्ष युक्तमान गुरुङ छन ।

कास्कीबाट जापानमा आएर बसेका नेपालीहरुको संस्था कास्की पोखरा समाज जापानले यही फ़ेब्रूवरी २५ गते आइतबार सम्मान गरेको अध्यक्ष सन्देश अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा एनआरएनएका नेपाल प्रब्रधन विभागका प्रमुख समेत रहेका रोविन शेरचनले आफूले नेपाल र नेपाली उत्पादनलाई विश्वलाई चिनाउने काममा लागी परेको बताउँदै सम्पूर्ण गैरआवासीय नेपालीहरू एकजुट हुनुपर्ने बतानुभयो ।

कार्यक्रममा समाजका सलाहकार तथा नेपाली जन प्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेलले कास्की पोखरा समाजले जापानको नेपाली समुदायमा राम्रो भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष मोहन घलेले जापानमा कास्की पोखरा समाज अरु संस्थाका लागि पनि उदाहरणीय रहेको भन्दै अझै राम्रो काम गर्न शुभकामना दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.