खेलजापानफूटबल

‘एनआरएनए फुटसल रनिङ कप २०२४’ मा तीस टोली सहभागी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको आयोजनामा हुन गैरहेको दोस्रो संस्कारणको ‘एनआरएनए फुटसल रनिङ कप २०२४’ को तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतियोगितामा एनआरएनए जापान अन्तर्गतका ६ वटा क्षेत्रीय समिति सहित ३० टीमबीच प्रतिस्पर्धा हुने फुटसल प्रतियोगिताका संयोजक तथा युवा संयोजक मुक्तिराम रेग्मीले जानकारी दिनुभयो ।

युवाका लागि खेलकूद भन्ने मान्यताका साथ मार्च ३ तारिख हुने उक्त प्रतियोगितामा लागि दर्ता गराएका टिमहरूको आईतवार एक कार्यक्रमका बीच टाईसिट सार्वजनिक गर्दै उक्त जानकारी गराइएको हो ।

प्रतियोगिताको टाई सिट सार्वजनिक कार्यक्रमका बोल्दै एनआरएनए जापानका अध्यक्ष नविन निउरेले खेल क्षेत्रमार्फत सामाजिक सेवाका कार्यमा सहभागी हुन युवाहरुलाई उत्साहित बनाउँदै एनआरएनएको अभियानमा जोड्नका लागि यो फुटसल फलदायी हुने विश्वास आफूले लिएको बताउनुभयो ।

एनआरएनए जापानका महासचिव टिकाराम खरेलले एनआरएनए जापानले गत वर्षदेखि सञ्चालन गरेको प्रतियोगितालाई यस वर्ष व्यवस्थित रुपमा निरन्तरता दिन लागिएको बताउनुभयो ।

जापानको चिवाको जेड फुटसल स्पोर्टस् ८५ माएगासकी नागारेयामा हुने फुटसल प्रतियोगिताको विनर हुने टिमलाई ५ लाख ५ हजार ५ सय ५५ जापानी येन र रनिङ कप प्रमाण पत्र र ट्रफी, फस्ट रनर अप टिमलाई ३ लाख ३ हजार ३ सय ३३ जापानी येन, प्रमाण पत्र र ट्रफी, सेकेन्ड रनर अप टिमलाई १ लाख ११ हजार १ सय ११ जापानी येन, प्रमाण पत्र र ट्रफीसहितको पुरस्कार प्रदान गरिने सह आयोजक एनआरएनए जापान क्षेत्रीय समिति चिवाका संयोजक समिरजङ्ग खड्काले बताउनुभयो ।

खेलाडीको हौसला बढाउन खेल सञ्चालनका क्रममा वेष्ट प्लेयर,वेष्ट गोलकिपर, द टप स्कोरर, द वेष्ट कोच, द फेयर अवार्ड टिमलाई १० हजार जापानी येन र म्यान अफ दि म्याचलाई ट्रफी प्रदान गरिने कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रतियोगिताको आयोजक एनआरएनए जापान सह आयोजक एनआरएनए जापान क्षेत्रीय समिति चिवा र सहयोग एनआरएनए जापानका ११ वटै क्षेत्रीय समितिको रहने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.