राजनीति

मानवीय सहयोगका निम्ति यूएई सदा तत्पर छ : राजदूत शाम्सी

नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला सइद मुवारक जरवान अल शाम्सीले प्राकृतिक विपत्तिलगायत सङ्कटका बेला आफ्नो देशले विश्वसमुदायलाई सहयोग गर्दै आएको र त्यसनिम्ति सधैँ तत्पर रहेको बताउनुभएको छ ।

मुसलमानहरुको पवित्र महिना रमादानका अवसरमा ‘युएई र मानवीय प्रयास : मानवताका निम्ति दिगो रणनीति’ शीर्षकमा बुधबार यहाँ आयोजित कार्यक्रमा उहाँले ५० लाख बालबालिकालाई कुपोषणबाट जोगाउने अभियान यसै महिना प्रारम्भ गरिने जानकारी दिनुभयो ।

साथै राजदूत शाम्सीले गत वर्ष एक अर्ब ६० करोड अमेरिकी डलर मानवीय सहयोगका खातिर आवश्यकमा रहेका समुदायलाई प्रदान गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.