राजनीति
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
विभिन्न माग राखी आमरण अनशनरत घाइते जेनजी युवाहरुको अनशन गृहमन्त्री ओमप्रकाश अर्यालले तोडाउनुभएको छ ।
माइतीघर मण्डलामा विभिन्न माग राखी विजय अधिकारीको संयोजकत्वमा पाँच दिनदेखि अनशनरत लोकराज उपाध्याय, स्मृति राई र अशोक घोरासैनीलाई बुधबार साँझ जुस पिलाएर गृहमन्त्री अर्यालले अनशन तोडाउनुभएको हो ।
सो अवसरमा गृहमन्त्री अर्यालले परिवर्तन, सुशासन कायम र मुलुकमा दिगो शान्ति र स्थिरताको पक्षमा आफू सधैँ प्रतिबद्ध रहेको बताउँदै उक्त अभियानमा सबैको साथ जरुरी भएको उल्लेख गर्नुभयो ।





प्रतिक्रिया राख्नुहोस्