कला/मनोरन्जनकलिउड

लोकगायक तथा रेडियोकर्मी कमल विके निर्मोहीको निधन

चर्चित लोकगायक तथा रेडियोकर्मी कमल विके निर्मोहीको निधन भएको छ । केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ रहँदै आउनुभएका निर्मोहीको मंगलबार साँझ निधन भएको गायिका कोमल ओलीले जानकारी दिनुभएको छ ।

गायिका वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनले आफू मर्माहत भएको उल्लेख गर्दै आफूले कमलसँग गाएकामध्ये ुत्यो माडी खोलाले छेकेको हैन, मलाई छेक्यो मायालु तिमै मायालेु निकै लोकप्रिय बनेको समेत स्मरण गर्नुभएको छ ।

रेडियो नेपालका पूर्व कर्मचारी समेत रहनुभए कमलको जन्म दाङमा भएको थियो भने लामो समय रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र सुर्खेतमा काम गर्नुभएको थियो ।

कार्र्यक्रम प्रस्तोता, प्रशिक्षक तथा गायक निर्मोहीको रेडियो नेपालमा उनका दर्जनौं गीत रेकर्ड भएका छन्। उहाँका ुलाग्यो माया मोहनी नजरमाु, ुपोखरामा क्या राम्रो रूपाताल, डुंगा चढी सलल मायाजालु लगायतका थुप्रै गीत चर्चित छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.