राजनीति

‘विकास, राजनीति र रवीन्द्र अधिकारी’ निबन्ध प्रतियोगितामा परियार प्रथम

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले ‘रवीन्द्र स्मृति दिवस’को अवसरमा आयोजना गरेको देशभरका स्नातक र स्नात्तकोत्तर तहका विद्यार्थी बीचको निबन्ध प्रतियोगितामा ललितपुरका सुरज परियार प्रथमले स्थान हासिल गर्नुभएको छ । परियार रिट्ज कलेजमा इन्जिनियरिङ्ग विषयतर्फ प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुनुहुन्छ ।

त्यस्तै द्वितीय स्थानमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान नर्सिङ्ग क्याम्पस विराटनगरमा स्नातक तह, दोस्रो वर्षमा अध्ययनरत मनिता योङहाङ र तृतीय स्थानमा सुष्मा गोदावरी कलेज, इटहरी सुनसरीमा स्नातक तहमा अध्ययनरत ओखल ढुङ्गाका रामचन्द्र अधिकारी छानिनु भएको छ ।

‘विकास, राजनीति र रवीन्द्र अधिकारी’ विषयमा निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा नेपालभरबाट स्नातक तह र सोभन्दा माथी अध्ययनरत ५२ जना विद्यार्थीका निबन्धहरू समावेश गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले क्रमशः रु २५ हजार, २० हजार र १५ हजार नगद र प्रमाण–पत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक डोलराज पाण्डेले जानकारी दिनुभयो ।

विजयी प्रतियोगीलाई स्व.अधिकारीको प्रथम स्मृति दिवसका अवसरमा आज (फागुन १५ गते) आयोजना हुने कार्यक्रममा पुरस्कार प्रदान गरिने संयोजक पाण्डेले जानकारी दिनुभयो । रवीन्द्र अधिकारीको सकारात्मक र अविस्मरणीय कार्यलाई चीरस्थायी बनाउन गत जेठ १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको गठन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.