चितवन समाज, नागोयाको अध्यक्षमा न्यौपाने
चितवन समाज जापान, नागोयाको अध्यक्षमा शिव न्यौपाने सर्वसहमत चयन भएका छन् । नागोयामा भएको भेलाले उपाध्यक्षमा प्रकाश गैरे, सचिव सन्तोष विक, सहसचिव उषा न्यौपाने, कोषाध्यक्ष सुवास अर्याललाई चयन गरेको छ ।
कार्यकम समाजका अध्यक्ष रामु खरेलको अध्यक्षतामा सम्पन्न भेलाले राममणि रेग्मी, विष्णु तिवारी, पदम पौडेल, महेश पोखरेल, ईश्वर नेपाल, मधुसुधन कँडेललाई कार्य समितिको सदस्य चयन गरेको छ ।
भेलाले डा सुदिप अधिकारी, कविकिरण न्यौपाने, डिलाराम खेरेल, विष्णुप्रसाद घिमिरे, विमल अधिकारी, रामु खरेलको सल्लाहकार समिति पनि बनाएको छ ।
चितवन समाज, जापानका पूर्व अध्यक्ष सरोज कँडेलको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा एनआरएनए जापानका सचिव विष्णु प्रसाद घिमिरे, एनआरएनए जापानका पूर्व उपाध्यक्ष एवं व्यवशायी डिलाराम खरेल लगाएतका महानुभावहरुले नवनिर्वाचित कार्य समितिलाई शुभकामना दिएका थिए।
प्रतिक्रिया राख्नुहोस्