विश्व समाचार

पत्रकार खसोग्जीको हत्यामा साउदी युवराजको स्विकृति रहेको अमेरिकी दाबी

पत्रकार जमाल खासोग्जीको हत्या वा पक्राउका लागि साउदी अरबका युवराज मोहम्मद बिन सलामको स्विकृति रहेको प्रतिवेदन सार्वजनिक भएको छ । साउदी अरबका अधिकारीहरुले भने त्यसको खण्डन गरेका छन् ।

अमेरिकी प्रशासनले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा युवराज सलामले खसोग्जीको हत्याका लागि समर्थन गरेको दाबी गरिए पनि साउदी अरबका अधिकारीहरुले भने त्यसको खण्डन गरेका छन् ।

सन् २०१८ मा हत्या गरिएका ५९ वर्षीय पत्रकार खसोग्जी कुनै बेला साउदी सरकारका सल्लाहकार हुनुहुन्थ्यो । पछि उनीहरुसँग टाढिएर अमेरिका बस्दै आउनु भएको थियो ।

स्व–निर्वासनमा सन् २०१७ मा अमेरिका पुगेका खसोग्जीको हत्या भने टर्कीमा भएको हो । टर्कीको राजधानी इस्तानबुलमा रहेको कन्सुलेटमै उहाँको हत्या भएको थियो भने शरीर टुक्रा टुक्रा पारिएको थियो ।

अमेरिकामा रहेका बेलाउहाँले वासिङ्टन पोष्टमा साउदी अरब र त्यहाँका राजपरिवारको बारेमा आलोचनात्मक लेखहरु लेख्दै आउनु भएको थियो । मासिक स्तम्भमा उहाँले युवराज मोहम्मदको नीतिहरूको पनि आलोचना गर्ने गर्नुभएको थियो ।

अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा साउदी युवराज सलमानले इस्तानबुलमा साउदी पत्रकार खसोग्जीलाई पक्राउ गर्ने वा हत्यागर्ने योजनालाई स्विकृति दिनुभएको दाबी गरिएको छ ।

खसोग्जीको हत्यामा युवराजको हात रहेको दाबी यसअघि पनि अमेरिकीअधिकारीहरुले गर्दै आएका थिए । साउदी अरबमा नेतृत्वदायी भूमिकामा रहेका युवराज मोहम्मदले भने यसअघि पनिती आरोपहरुको खण्डन गर्दै खसोग्जी हत्यामा आफ्नो कुनै पनि हात नरहेको दाबी गर्दै आउनु भएको थियो ।

विश्वकै सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरब मध्यपूर्वमा अमेरिकाको प्रमुख समर्थक मुलुक भए पनि यो घटनाले सम्वन्धमा असर पर्ने देखिएको छ ।

अमेरिकीमा नयाँ राष्ट्रपति जो बाइडेनको आगमनसँगै अमेरिका र अन्य देशहरुको सम्वन्ध कस्तो होलाभन्ने उत्सुकता जागिरहेका बेला सार्वजनिक भएको यो प्रतिवेदनले केही समय तरंग फैलाउने देखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.