विश्व समाचार

युक्रेनलाई बेलायती राजपरिवारको पनि समर्थन

रुसको आक्रमणमा परेको युक्रेनलाई समर्थन गर्न देश तथा संस्थाहरु बढ्दै गएका छन् । यस क्रममा बेलायती राजपरिवारले पनि युक्रेनलाई समर्थन गरेको छ ।

बेलायती राजकुमार विलियम र उहाँकी पत्नी केटले शनिबार युक्रेनलाई समर्थनको सन्देश पठाउनु भएको हो । “बेलायती बरिष्ठ सदस्यहरू र आफूहरूको तर्फबाट युक्रेनका जनताप्रति समर्थन छ,” उहाँहरूले पठाएको सन्देशमा उल्लेख गरिएको छ ।

राजकुमार दम्पतीले सन् २०२० को अक्टोबरमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उहाँकी श्रीमतीलाई भेटेको स्मरण पनि गर्नु भएको छ । उहाँहरूले अहिलेको समस्या तत्काल समाधान भएर युक्रेनको भविष्य राम्रो हुने विश्वास पनि व्यक्त गर्नु भएको छ ।

“हामी तपाईँहरूको साथमा छौँ, तपाईँहरूलाई हामी सहयोग र समर्थन गर्न चाहन्छौँ, युक्रेनी जनताको जित होस्,” उहाँहरूले सन्देशमा उल्लेख गर्नु भएको छ ।

यसै गरी युक्रेनले युरोपेली संघको सदस्य बनाउन अनुरोध गरेको छ । युरोपेली क्षेत्रमा रहेको देश भएर पनि अहिलेसम्म युरोपेली संघको सदस्य नभएको युक्रेनले रुसको आक्रमणमा परेपछि संघको सदस्य बनाउन अनुरोध गरेको हो ।

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले तत्काल संघको सदस्य बनाउन अनुरोध गर्नु भएको समाचारमा जनाइएको छ । “अहिले हामी सङ्कटपूर्ण अवस्थामा छौँ, यस बारेमा धेरै छलफल र बहस नगरौँ, युरोपेली संघले युक्रेनलाई जतिसक्दो चाँडो आफ्नो सदस्य बनाओस्,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.