राजनीति

राष्ट्रपति पौडेलद्वारा आचार्यको निधनप्रति दुःख व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध आचार्यको निधनको खबरले आफू स्तब्ध भएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । दुःखको यस घडीमा स्वर्गीय आचार्यप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै उहाँले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

गायक तथा सङ्गीतकार आचार्यको सोमबार अपराह्न ८२ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.