राजनीति

अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा

नेपाल, श्रीलङ्का, बङ्गलादेश, भूटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने संयुक्त राज्य अमेरिकाका उपसहायक विदेशमन्त्री अफरिन अख्तर सोमबार नेपाल भ्रमणमा आउनुभएको छ ।

विदेशमन्त्री अफरिन अख्तर

भ्रमणका क्रममा उपसहायक विदेशमन्त्री अख्तरले नेपाली उच्च सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालका सदस्यहरूसँग भेटघाट गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

सो अवसरमा मन्त्री अख्तरले अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धले कसरी नेपालमा शिक्षा र स्वास्थ्य, मानवअधिकार, लोकतन्त्रको विकास तथा नेपालको पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउन सक्छ भन्ने विषयमा छलफल गर्नुहुने बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.