जन सरोकार

बिरामी बोक्ने एम्बुलेन्समा गाँजा ओसारपसार

बिरामी मानिसलाई अस्पताल पुर्याउने एम्बुलेन्सले बिरामीको साटो गाँजा ओसरपसार गर्न थालेपछि अहिले एम्बुलेन्समाथीको निगरानी बढाउन थालिएको छ ।

केही समययता एम्बुलेन्सले गाँजा बोक्न थालेपछि पक्राउ पर्नेको सङ्ख्या पनि बढ्दै गएको छ । यसै क्रममा सोमबार धनकुटामा एम्बुलेन्सभित्र ५२ किलो गाँजा फेला परेको छ ।

भेडेटारबाट साँगुरीगढीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्समा गाँजा भेटिएपछि प्रहरीले चालक विराटनगर महानगरपालिका ८ का ४८ वर्षीय जयदेव चन्द्र चेललाई पक्राउ गरेको छ ।

५२ वटा प्लास्टिकको प्याकेटमा गाँजा राखेर लैजाँदै गरेको अवस्थामा एम्बुलेन्सभित्र गाँजा फेला परेको इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख जीवन कार्कीले जानकारी दिनुभयो।

झापास्थित हल्दिबारी सेवा समाजको नाममा रहेको उक्त एम्बुलेन्स नोबेल अस्पताल विराटनगरदेखि साँगुरीगढी गाउँपालिका ३ मा बिरामी लिएर आएको अनुसन्धानको क्रममा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.