क्रिकेटखेल

त्रिकोणात्मक टी-२० श्रृङ्खला : टस जितेर ब्याटिङ गर्दै नामिबिया

काठमाडौंमा आजदेखि सुरु भएको नेपाल, नेदरल्याण्ड्स र नामिबिया सम्मिलित त्रिकोणात्मक टी-२० श्रृङखलाको पहिलो खेलमा नेपाल र नामिबियाबीच प्रतिस्पर्धा भैरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नामिबियाले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपाल आज प्रमुख स्पिनरबिना मैदानमा उत्रेको छ ।

नेपाल पार्टटाइम बलरका साथ स्पिनमा जानेछ । नेपालसँग आज तीन प्रमुख र दुई पार्टटाइम गरी पाँच तीव्र गतिका बलर मैदान उत्रदैछन् । ललित आज बेञ्चमा छन् ।

नेपालको प्लेइङ ११

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक यादव, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।

नामिबियाको प्लेइङ ११

जेन ग्री, माइकल भान लिंगेन, जान निकोल लोफ्टी, निकोलस फ्रेलिंक, रुबेन ट्रम्पलम्यान, जेजे स्मिथ९कप्तान०, टांगेनी लुंगामेनी, बेर्नार्ड स्ल्कोट्ज, जेपी कोट्जी, मलान क्रुगर र पिटर ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.