क्रिकेटखेल

नेपालले पायो दुई सय सात रनको बलियो लक्ष्य

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि दुई सय सात रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ राजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउदै दुई सय ६ रनको योगफल बनाएको हो ।

नामिबियाका लागि जान निकोल लेफिट इटनले उत्कृष्ट ब्याटिङ गर्दै शतक प्रहार गरे । उनले ३६ बलमा ११ चौका र आठ छक्काको मद्धतमा सर्वाधिक एक सय एक रनको योगदान दिए ।

त्यसै गरी मलना क्रुगरले ४८ बलमा छ चौका र दुई छक्काको मद्धतमा अविजित ५९ रन बनाए । त्यस्तै माइकल भान लिङ्गेनले २० रन बनाउदा जेपी कोट्जेले ११ रन तथा कप्तान जेजे स्मितले अविजित एक रन जोडे ।

बलिङतर्फ नेपालका कप्तान रोहित पौडेलले दुई विकेट लिए भने करण केसी र अभिनास बोहोराले समान एक÷एक विकेट लिए । यसैसाता सम्पन्न नेपाल, नामिबिया र नेदरल्यान्ड्स आइसिसी विश्वकप क्रिकेट लिग–२ पछि ट्वान्टी २० शृङ्खला खेल्न लागेका हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.