क्रिकेटखेल

नामिबियासँग नेपाल बीस रनले पराजित

काठमाडौंमा सुरु भएको त्रिकोणात्मक टी-२० आई श्रृङखलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न खेलमा नामिबियाले दिएको २सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १ सय ८६ रनमा अल आउट भयो ।

नेपालका लागि दीपेन्द्र सिं ऐरीले सर्वाधिक ४८ रन बनाए भने कप्तान रोहित पौडेल ४२, कुशल मल्ल ३२ र सोमपाल कामीले २६ रन बनाए । ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट हुँदा अर्का ओपनर आसिफ शेख ६ रनमा पेभेलियन फर्किए ।

त्यस्तै गुल्शन झा १२, सन्दीप जोरा ५ र विवेक यादव ६ रनमा आउट भए भने अविनाश बोहरा शून्यमा आउट रहँदा करण केसी २ रनमा नटआउट रहे ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक/एक विकेट लिएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.