जन सरोकार

संसद भवन र सिंहदरबार अगाडिको फुटपाथमा हिंड्न प्रतिबन्ध

सोमबार लघुवित्त पीडितहरु संसद भवनभित्र प्रवेश गरी नारावाजी गरेपछि मंगलबारबाट संसद भवन परिसरको फुटपाथमा हिंड्न प्रतिबन्ध लगाइएको छ ।

त्यसै गरी प्रहरीले सिंहदरबार अगाडिको फुटपाथमा हिँड्न पनि निषेध गरेको छ । सिंहदरबारको पर्खालसँगैको फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ ।

त्यहाँ फुटपाथ प्रयोग गर्न रोक लगाइएको छ । त्यस्तै संघीय संसद भवन नयाँ बानेश्वरको पर्खालसँगैको फुटपाथमा पनि डोरी टाँगिएको छ ।

सिंहदरबार र बानेश्वरका फुटपाथमा अघिल्ला दिनहरुमा भन्दा धेरै प्रहरी परिचालन गरिएको छ । उनीहरुले सर्वसाधारणलाई डोरी टाँगिएको क्षेत्रमा हिँड्न दिएको छैन । फुटपाथमा हिँड्न नपाएपछि सर्वसाधारणले सडकबाटै हिँडेका छन् ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले सुरक्षा संवेदनशीलतालाई हेरेर तत्कालीन व्यवस्थापन गरिएको प्रतिक्रिया दिनुभयो ।

सोमबार लघुवित्तका ऋणीहरुको झण्डै ५० जनाको समूह संघीय संसद भवनमा प्रवेश गरेपछि गृह मन्त्रालयले भवनको बाहिरी सुरक्षामा खटिने प्रहरी निरीक्षकसहित ३२ जनाको जिम्मेवारी खोसेको थियो ।

यो घटनाको छानबिनका लागि प्रहरीले उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति नै गठन गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.