जन सरोकार

पशुपतिमा झाडु लगाउँदै नायिका सञ्चिता लुईंटेल

हिन्दुहरुको महान धार्मिक पर्व महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सरसफाई र सिंगारपटारको काम तीब्रगतिमा भैरहको छ । सो क्षेत्रको सरसफाईमा सामाजिक अभियन्ता तथा व्यक्तित्वहरु पनि लागिपरेका छन् ।

यसै क्रममा नायिका सञ्चिता लुईंटेल पशपति पुगेर झाडु लगाउँदै सफाईमा सरिक भएकी छिन् । सञ्चिता महाशिवरात्रिको अघिल्लो दिन पशुपति पुगेर पशुपति सरसफाईमा सरिक भएकी हुन्।

पशुपतिमा झाडु लगाउँदै गरेका तस्बिर सार्वजनिक गर्दै उनले आफू सरसफाईमा सरिक भएको जानकारी दिएकी हुन्। उनीसँग सामाजिक अभियन्ता चक्रबहादुर चन्द थिए । उनी बाग्मती सफाई अभियानमा पनी सक्रिय छन । उनको सक्रियतामा मेचिमहाकाली सफाई अभियान संचालनमा रहेको छ ।

सञ्चिताले आफ्नो उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘जय पशुपतिनाथ १ आज पशुपतिनाथ सफाइ अभियानमा सहभागी हुने मौका पायौं । शिवरात्रिको पूर्व तयारीमा निरन्तर पशुपती सफाई अभियान संचालन भैरहेको रहेछ म पनि आज सहभागी हुने अवसर पाए । जय सफाइ अभियान ।’

मंगलबार परेको शिवरात्रिका लागि पशुपति क्षेत्रमा विभिन्न तयारी भइरहेको अभियन्ता आशा पाण्डेले बताइन । आजको अभियानमा बाग्मति सफाइ अभियन्ता डा माला खरेल दुर्गा रावत लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.