जापान

गुल्मेली समाज जापानद्वारा ५ जना मृगौलारोगीलाई आर्थिक सहयोग

गुल्मी जिल्लाबाट जापान गई विभिन्न पेसा/व्यवसायमा संलग्न व्यक्तिहरूको संस्था गुल्मेली समाज जापानले गुल्मीका मृगौला बिरामीहरूलाई उपचारको लागि आर्थिक सहयोग गरेको छ ।

सञ्चारग्राममा आयोजित एक कार्यक्रमबीच मुसिकोट नगरपालिकाका देवेन्द्र गुरुङ, सोही नगरपालिकाका विष्णु थापा, इस्मा गाउँपालिकाका कुलबहादुर कुमाल र सोही गाउँपालिकाका मधु खत्री र चन्द्रकोट गाउँपालिका ७ का रेशम पौड्याललाई जनही ५० हजारका दरले रु. २ लाख ५० हजार सहयोग प्रदान गरिएको हो ।

उक्त सहयोग रकम गुल्मी मदाने गाउँपालिका घर भई हाल प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसाल, गुल्मेली सहयोगी हातहरू नामक संस्थाका उपाध्यक्ष बिमल घिमिरे, सचिव रमेश काउसो, सदस्य सुशील भट्टराई, निर्वतमान उपाध्यक्ष लक्ष्मण अर्यालसहितको उपस्थितिमा आज बिरामी निजका आफन्तहरूलाई प्रदान गरिएको छ ।

गुल्मेली समाज जापानले विपद्/महामारीजस्ता घटनाका साथै बिरामीलाई स्वास्थ्यउपचारलगायत सामाजिक सेवामा सहयोग गर्दै आएको समाजका अध्यक्ष महेन्द्रकुमार अधिकारीले बताउनुभयो । समाजको सहयोग उपसमितिले सहयोग रकमको व्यवस्था गरी बिरामीको उपचारमा सहयोग गरिएको उक्त समाजमा महिला उपाध्यक्ष एवं सहयोग समितिका संयोजक लक्ष्मी के.सी. महर्जनले बताउनुभयो ।

सहयोग रकमले उपचारमा सहयोग पुग्ने र बिरामीहरूलाई राहात मिलेको भन्दै बिरामी र आफन्तले सहयोगका लागि समाजलाई बिरामीका आफन्तका तर्फबाट रुद्रलाल पौडेलले धन्यवाद दिनुभयो ।

गाउँकै चेलीसहितका गुल्मेलीहरूले जापानबाट रकमको जोहो गरी बिरामीलाई सहयोग गरेको र सो रकम काठमाडौँमा हस्तान्तरणको लगि संयोजन गर्ने जिम्मा प्राप्त भएअनुसार कार्य सम्पन्न गरिएको भन्दै काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले बिरामीलाई स्वास्थ्य लाभको कामनासहित सहयोग गर्ने समाजलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.