क्रिकेटखेल

त्रिकोणात्मक टी-२० सिरिज : नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत दोस्रो खेलमा आज (बुधबार) नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित श्रृंखलाको दोस्रो खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्न लागेका हुन् ।

नेपाल र नामिबिया भिड्दै

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११:३० मा सुरु हुने छ । नेपाल आज नेदरल्यान्ड्सलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्ने योजनाका साथ मैदान उत्रदैछ भने उता नेदरल्यान्ड्स पनि नेपाललाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गर्ने योजनामा रहेको छ ।

मंगलबार भएको पहिलो खेलमा नेपाल नामिबियासंग २० रनले पराजित भएको थियो । भर्खरै आइसिसी क्रिकेट विश्वकप लिग-२ को पहिलो श्रृंखला सकिएसंगै घरेलु मैदानमा टी-२० हुन लागेको हो । विश्वकप टी-२० विश्वकपको तयारीस्वरूप यो सिरिज भएको हो ।

आगामी जुनमा हुने टी-२० विश्वकप हुँदैछ र नेपाल, नामिबिया र नेदरल्यान्ड्स नै टी-२० विश्वकपको छनोट भएसंगै सबै टोलीले टी-२० विश्वकपको तयारीस्वरूप यो सिरिज खेल्न लागेका हुन् । भर्खरै सम्पन्न भएकाे विश्वकप लिग- २ अन्तर्गतकाे घरेलु सिरिजमा नेपालले ४ खेलमा एक मात्र जित हासिल गर्दा नामिबियाले भने समान खेलमा तीनमा जित निकालेर शीर्ष स्थानमा रहँदा समान खेलमा नेदरल्यान्ड्स दुईमा जित निकाल्दै दोस्रो स्थानमा रह्याे ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान) आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, राशीद खान, सागर ढकाल र अभिनाश बोहोरा रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.