खेलफूटबल

वाफ महिला च्याम्पियनसिपमा सनसनी मच्चाएकी सावित्राले फाइनल गुमाउने

साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिपमा सनसनी मच्चाएकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टाइकर सावित्रा भण्डारीले फाइनल खेल गुमाउनुपर्ने भएको छ ।

प्रतियोगिताको चार खेलमा ९ गोल गरेकी सावित्रा फ्रेन्च क्लबसंगको अनुबन्धका कारण फ्रान्स फर्कनुपर्ने भएकाले फागुन १७ गते बिहिबार हुने जोर्डनसंगको फाइनल गुमाउने भएकी हुन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार सावित्राले वाफ च्याम्पियन सिपको फाइनल गुमाउने आधिकारिक जानकारी दिएको छ ।

सावित्रासँगको क्लबको सम्झौता अनुसार फिफा विन्डोमा आफ्नो देशका लागि खेल्न पाउने अनुमति थियो । वाफ च्याम्पियनसिप फिफा विन्डो बाहिर भएकाले सावित्रा नेपालको खेल छाडेर आफू आवद्ध फ्रेञ्च क्लब एना भान गुइनगाम्पमा फर्किनुपर्ने भएको हो ।

तर, वाफको फाइनल भने फिफा विन्डो भित्र नपर्ने भएकाले सावित्रा क्लबमा फर्किनु परेकोले जोर्डनविरुद्धको खेल गुमाउने छिन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.