जन सरोकार

करिब ५२ किलो गाँजासहित पाँच जना पक्राउ

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ५२ किलोसहित ५ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गाँजा

पक्राउ पर्नेहरूमा चितवन कालिका नगरपालिका-११ बस्ने ३२ वर्षीय दिनेश चेपाङ, २२ वर्षीय प्रसान्त प्रजा, ४१ वर्षीय रमेश प्रजा, ४१ वर्षीय दिपलाल प्रजा र मनहरी गाउँपालिका डेरा गरी बस्ने कपिलवस्तु घर भएका ३५ वर्षीय शिरपतिया चौधरी रहेका छन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले उनीहरूमध्ये दिनेश चेपाङ, प्रसान्त प्रजा, रमेश प्रजा र दिपलाल प्रजा समेत ४ जनालाई करिब ४० किलो र शिरपतिया चौधरीलाई करिब १२ किलो गाँजासहित पक्राउ गरेको हो । ४ जना हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.३ ख ८३८२ नम्बर र शिरपतिया नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको ना।७ ख ६०७६ नम्बरको बसमा सवार थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.