राजनीति

रास्वपा काठमाडौँ उपत्यकामा प्रचारमा व्यस्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ उपत्यका केन्द्रित प्रचारमा व्यस्त भएको छ । यसै क्रममा उक्त पार्टीले आज शनिबार भेटघाटलगायत कार्यक्रम सञ्चालन गरेको छ ।

र्यालीमा सो पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहितका नेता सहभागी हुनुहुन्छ । र्याली काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा भएको थियो ।

बिहान ६ः०० बजे पाशुपत क्षेत्रबाट सुरु भएको कार्यक्रम दिनभरि काठमाडौं उपत्यकाका मुख्य सडक तथा चोकहरूमा र्‍यालीसहित अभियान सञ्चालन गरिने छ ।

प्रचार अभियान साँझ ६ः०० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर समापन हुने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.