राजनीति
बीबीसीको वृत्तचित्र हटाउन नसकिने प्रेस काउन्सिलको स्पष्टोक्ति
प्रेस काउन्सिल नेपालले फागुन १४ गते बीबीसीबाट जेनजी आन्दोलनका विषयमा तयार पारिएको वृत्तचित्र हटाउनु आफ्नो क्षेत्राधिकारमा नभएको भन्दै कूटनीतिक पहल गर्न निर्वाचन आयोग र सरकारलाई अनुरोध गरेको छ ।
निर्वाचन आयोगले सो वृत्तचित्र निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै कारबाही गर्न काउन्सिललाई पत्राचार गरेको र काउन्सिलको फागुन १५ गते बसेको बोर्ड बैठकले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने जनाएको हो ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “बीबीसी विदेशी मुलुकबाट संचालित भएको हुँदा उक्त संचार माध्यम र त्यस अन्तर्गतको सााजिक सञ्जालबाट सम्पेषित सामग्रीको नियमन गर्ने विषयमा यस काउन्सिलको स्पष्ट क्षेत्राधिकार भएको नदेखिएको हुँदा कूटनीतिक समन्वयमार्फत नेपाल सरकार र निर्वाचन आयोगलाई अनुरोध गर्ने पत्राचार गर्ने निर्णय भएको छ ।”






प्रतिक्रिया राख्नुहोस्