विश्व समाचार

इसरायलले आक्रमण गरेपछि इरानमा आपतकाल घोषणा

शनिबार विहान इसराइलले इरानमा आक्रमण गरेको छ। अमेरिकासंगको आणविक वार्ता असफल भएलगत्तै भएको इसरायली आक्रमणपछि इरानले देशभर आपतकाल घोषणा गरेको छ ।

इसराइलका रक्षामन्त्री इसराइल कात्जले इरानमा हमला गरिएको घोषणा गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

इरानमा आक्रमण गरेपछि इरानबाट हुने संभावित प्रतिकारको सामना गर्न इसराइली सेनाले देशका विभिन्न स्थानमा हवाई हमलाको संकेत दिने साइरन बजाएको छ।

शनिबार बिहान तेहरानको डाउनटाउन क्षेत्रमा थुप्रै विस्फोटका आवाज सुनिएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रारम्भिक रिपोर्टअनुसार मिसाइलहरू दानेशगाह स्ट्रीट र जोम्हुरी क्षेत्रमा खस्दा ठूलो विस्फोट भएको देखिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.