जल/वातावरण

विमानस्थलमा चरम लापरवाही : जुनै पनि बेला भित्रिनसक्छ कोरोनाको महामारी

सरकार भिजिट नेपाल २०२० सफल पार्ने धूनमा कोरोना संक्रमित मुलुकबाट आउने यात्रुहरुलाई समेत विना प्रभावकारी परीक्षण काठमाडौं भित्रिन दिइरहँदा यहाँ कुनै पनि बेलाा कोरोनाको महामारी फैलने चेतावनी विज्ञहरुले दिन थालेका छन् । सरकार नेपाल कारोनामुक्त देश भएको सन्देश फैलाउनुपर्ने बताइरहँदा संसदमा समेत यसको आलोचना भएको छ ।

कोरोनामुक्त देशको प्रचार गर्न सोही अनुसारको व्यवस्था गर्नुको साटो विमानस्थलमा फितलो सुरक्षा जाँचबाट नेपालमा कुनै पनि बेला कोरोना भित्रिने चिन्ता सांसहरुको छ ।सक्रमण भएका देशबाट आउनेलाई नेपालमा बिनारोकतोक प्रवेश दिइएका कारण कुनै पनि बेला संक्रमण फैलने चेतावनी दिइएको हो ।

विश्वभर शुक्रबार मध्यान्नसम्ममा दुई हजार ८ सय ७३ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको उक्त भाइरस विश्वका ५६ देशमा फैलिएको र विश्वभर कूल ८३ हजार ८५३ व्यक्तिमा सङ्क्रमण भएको विश्व स्वास्थ्य संगठन र सम्बन्धित देशका अधिकारीले पुष्टि गरेको तथ्याङ्कमा बताइएको छ ।

बिहीबार साँझपछि उक्त भाइरसको सङ्क्रमण एक हजार २९३ थप व्यक्तिमा देखिएको छ । मूख्यभूमि चीनमा कोरोना भाइरसका कारण शुक्रबारसम्म दुई हजार ७८८ व्यक्तिको मृत्यु भएको छ भने ७८ हजार ८२४ जनालाई सङ्क्रमण पुष्टि भैसकेको छ । ग्रीनवीच समय अनुसार बिहबिार साँझ ५ बजेपछि शुक्रबार दिउसो १ बजेसम्म चीनमा थप ४१ जनाको मृत्यु भएको छ भने ३२७ जना नयाँ व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको छ ।

यसबाहेक विश्वका अन्य मुलुकहरूमा कूल पाँच हजार २९ व्यक्ति सङ्क्रमित भएका छन् भने चीनबाहेक अन्य मुलुकमा कूल ८५ जनाको मृत्यु भएको छ । विश्वभर यो अवधिमा थप ९६६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

चीनबाहेक सङ्क्रमण बढी देखिएका मुलुकहरूमा दक्षिण कोरिया अग्रस्थानमा रहेको छ । दक्षिण कोरियामा शुक्रबार मध्यान्नसम्म दुई हजार ३३७ जनालाई सङ्क्रमणको पुष्टि भएकोमा थप ५७१ जनामा विगत २४ घण्टाभित्र सङ्क्रमण पुष्टि भएको हो । दक्षिण कोरियामा सङ्क्रमणपछि उपचारका क्रममा १३ व्यक्तिको मृत्यु भएको छ ।

त्यस्तै इटलीमा १२२ नयाँ सङ्क्रमित व्यक्तिसहित ६५० जनाले सङ्क्रमणपछि विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका छन् । यस सङ्क्रमणका कारण इटलीमा १७ जनाको मृत्यु भइसकेको छ ।

इरानको सरकारी तथ्याङ्कमा उल्लेख भएअनुसार शुक्रबारसम्म ३४ जनाको मृत्यु भएको छ भने कूल १४३ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । इरानमा सङ्क्रमितको सङ्ख्या ३८८ पुगेको छ ।

त्यस्तै यसबाहेक जापानको योकोहामास्थित एक पानीजहाजमा ७०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । जापानका अन्य स्थानमा कूल २१० व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको र आठ जनाको मृत्यु भएको बताइएको छ । जापानमा विगत २४ घण्टामा २३ नयाँ विरामीमा कोरोना भाइरसको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार मात्रै विभिन्न सात देशमा कोभिड–१९ को संक्रमण देखिएको भन्दै सबै सदस्य राष्ट्रलाई सतर्क रहन चेतावनी दिएको थियो । डब्लुएचओले विश्वका ५० भन्दा धेरै देशमा यसको संक्रमण देखिएको बताइरहँदा ती देशबाट नेपाल भित्रिनेलाई रोक लगाउने वा विमानस्थलमा परीक्षणमा कडाइ गर्ने सम्बन्धमा नेपाल सरकारको कुनै तयारी छैन ।

जेनेभामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक ट्रेडोसमा एडानोम गेहब्रेयससले कुनै पनि मुलुकमा कोभिड–१९ भित्रिन्न भनेर बस्नु नहुने भन्दै सचेत रहन सुझाव दिएका थिए ।

स्वास्थ्य परीक्षणका नाममा शरीरको तापक्रम नाप्ने बाहेक अर्को बिधि नअपनाइएको चीनबाटै नेपाल फर्कनेहरुले नै बताएरहेका छन् । दुई साताअघि चीनको सियामेनबाट काठमाडौं आएकी एक विद्यार्थीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कारोना परीक्षणको नाममाा सामान्य जाँच मात्रै भएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

कोरोनाको त्रास : जापानमा विद्यालयहरु छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.