राजनीति

उपप्रधानमन्त्री श्रेष्ठसँग लेबनानका राजदूतको भेट

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि लेबनानका गैरआवासीय राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको थियो ।

लेबनानका राजदूतको भेट

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र लेबनानबीच सन् १९६३ मा दौत्य सम्बन्ध स्थापना भएको र हालसम्म दुई देशबीच सुमधुर सम्बन्ध रहेकामा खुशी व्यक्त गर्नुभएको उहाँको प्रेस संयोजक कमल गिरीले जानकारी दिनुभयो ।

गृहमन्त्रीले लेबनान जस्तै नेपाल पनि आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको प्रक्रियामा रहेको उल्लेख गर्दै लेबनानबाट आउने वैदेशिक लगानीलाई प्रोत्साहन गरिने बताउनुभयो ।

राजदूत लोरेन्जोले आफ्नो कार्यकालको यो चौथो नेपाल भ्रमण भएको र हरेक पटकको भ्रमणले आफू निकै उत्साहित हुँदै आएको बताउनुभयो । नेपालका सेनाले लेबनानमा शान्ति कायम गर्न पुर्याएको योगदानप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.