अर्थ

घरेलु उद्योगमा ४५ अर्ब लगानी, तीन लाखलाई रोजगारी

मोरङमा ३० हजारभन्दा बढी घरेलु तथा साना उद्योग सञ्चालनमा रहेको बताइएको छ । साना तथा घरेलु उद्योग सङ्घअन्तर्गत रहेका ती उद्योगमा ४५ अर्ब रुपैयाँ लगानी हुनाका साथै तीन लाखले रोजगारी पाएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको आगामी चैत ३ गते विराटनगरमा हुने २५ औँ साधारण सभा र १२ औँ जिल्ला अधिवेशनका सन्दर्भमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चेतनाथ निरौलाले उक्त जानकारी दिनु भएको हो ।

अधिवेशनमा जिल्लामा उत्पादित कृषि, पशु, हस्तकला, स्थानीय उत्पादित विभिन्न वस्तुहरू, चिया, छुर्पी, ढाकाका कपडा, जुत्ता, चप्पल, सौन्दर्य सामग्रीसहित एक दिवसीय प्रदर्शनीको आयोजना गरिने छ ।

अध्यक्ष निरौलाले जिल्लाका घरेलु उद्योगको प्रोत्साहनका लागि नेपाल सरकार र प्रदेश सरकारले प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत रु पाँच लाख, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र काठमाडाैँमार्फत अनुदानमा आधारित प्रविधि हस्तान्तरण कार्यक्रममा रु २० लाख उपलब्ध गराएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.