जापान

आनन्द कोइरालाको अध्यक्षतामा ईञ्जा जापान गठन

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (ईञ्जा)को जापान च्याप्टर गठन गरिएको छ । ईञ्जा स्थापना दिवस (मार्च १)को अवसर पारेर नेपालजापान डटकमका सम्पादक रहनुभएका आनन्द कोइरालाको अध्यक्षतामा १७ सदस्यीय जापान च्याप्टर गठन गरिएको हो ।

एसिया कमिटिका उपाध्यक्ष समत रहनुभएका कोइरालाको नेतृत्वमाा नवगठत जापान च्याप्टरको उपाध्यक्षद्वयमा राजबिन थापा र राजन गौतम, सचिवमा दिपक गौतम रहनुभएको छ भने सदस्यहरुमा क्रमशः खडग गुरुङ, पूर्ण चलाउने, नारायण रिमाल, शान्त पहरी, विरेन्द्र केसी, खगराज गौतम, सचिन आचार्य, किरण पाण्डे, विश्वास आचार्य, इन्दिरा खनाल, निशान राना, राम तामाङ र लक्ष्मी पौडेल हुनुहुन्छ ।

यस्तै जापान च्याप्टरको सल्लाहकारमा जिज्ञानकुमार थापा, चन्द्र खनाल, कविकिरण न्यौपाने र मोहन घलेलाई चयन गरिएको छ ।
नव गठिन समितिले ईञ्जाको विधानमा रहि एकबद्ध हुदै नेपाली समुदायको हितका लागि काम गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.