विश्व समाचार

कोरोना भाइरस संक्रमितको उपचारमा निको भएका व्यक्तिको रक्त प्लाज्मा प्रभावकारी

कोरोना भाइरसबाट संक्रमितहरुको उपचारमा नयाँ नयाँ खोज भैरहेका बेला चिनीया स्वास्थ्य अधिकारीहरुले भाइरस संक्रमणको उपचारबाट निको भएकाहरुको ‘रक्त प्लाज्मा’बाट संक्रमितको उपचार गर्दा निकै प्रभावकारी सफलता मिलेको बताएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी गुओ यान्होंगले दिएको जानकारी अनुसार १ सय ७५ जना संक्रमितलाई यस्तो उपचार गर्दा ९१ जनाको स्वास्थ्यमा निकै सुधार आएको छ । रक्त प्लाज्माको उचारपछि ४८ घण्टासम्म उनीहरुलाई निगरानीमा राख्दा यो नतिजा निस्केको हो ।

यसै गरी गुओले कारोना भाइरसबाट संक्रमित भएकाहरुमा आधाजसो स्वस्थ भएको र उनीहरु अस्पतालबाट डिस्चार्ज गरिएको छ । उहाँका अनुसार ३६ हजार बिरामी उपचारपछि घर फर्किसकेका छन् यो कुल संक्रमितको ४५ प्रतिशत हो ।

अधिकारीहरुले संक्रमणबाट स्वस्थ भएकामध्ये ८ हजार ४ सयमाथि कडा निगरानी राखेको र त्यसमा ९०.८ प्रतिशत मानिसमा बिरामीको कम लक्ष्यण थियो । ७.२ प्रतिशत गम्भीरस्थितिमा थिए भने २ प्रतिशतको अवस्था गम्भीर थियो । विशेषज्ञहरुका अनुसार २.८ प्रतिशत मानिसमा पहिलेदेखि नै कम्तिमा एक लक्ष्यण थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.