खेल

थाइल्याण्डमा नेपालको दोस्रो हार : उपाधी होडमा कमजोर

थाइल्याण्डमाा जारी एसीसी इस्टर्न रिजन टी २० प्रतियोगिताको उपाधिको दावेदार नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । आइतबार नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो ।

शनिबार पहिलो खेलमा मलेसियासंग २२ रनले पराजित भएको नेपालको कमजोर ब्याटिङका कारण हङकङले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याउने क्रममा १८.१ ओभरमा १ सय ११ रनमै अलआउट भयो ।

कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपालका लागि चारजनाले मात्र दोहोरो अंक छुन सके । कप्तान ज्ञानेन्द्र मल्लले ४६ रन बनाउँदा कुशल मल्लले १९ तथा अविनाश बोहोरा १२ तथा आरिफ शेखले १० रन बनाए । पूर्व कप्तान पारस खड्का आज पनि असफल रहे । उनी ४ रनमा आउने भए भने दीपेन्द्र ऐरी ५, पवन सर्राफ १, विनोद भण्डारी ५, करन केसी ७ रन बनाए । सन्दीप लामिछाने र सुशन भारी शून्यमा आउट भए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.