राजनीति

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिंदैछिन् नातिनीले

पहिलोपटक बुहारीको मिर्गौला प्रत्यारोपण गर्नुभएका पधानमन्त्री केपी शर्मा ओलीको दोस्रो नातिनीबाट मिर्गौला पाउने हुनुभएको छ । आफन्त बाहेक अरुको मिर्गौला प्रत्यारोपण गर्न नपाइने भएकाले उहाँका लागि नातिनीको मिर्गौलासँग म्याच गरेपछि उनी तयार भएकी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीको सान्निध्यमा रहेकी उनी प्रधानमन्त्री ओलीका नजिकका आफन्ततर्फकी नातिनी हुन् । त्यसो त ओलीलाई मिर्गौला दिनका लागि धेरैले इच्छा देखाए पनि नातिनीसँग म्याच भएको हो ।

मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजाने हल्ला समेत चलेका बेला प्रधानमन्त्रीले भने देशभित्रै उपचार गराएर नेपालका सरकारी अस्पताल र चिकित्सकप्रति भरोसा बढाउन पनि प्रधानमन्त्रीले शिक्षण अस्पताल रोजेको बालुवाटार सूत्रको भनाई छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.