चुड्की बजाएर बालकोटका षड्यन्त्र समाप्त पार्यौ
सत्ता गबठन्धनको नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले आफूहरुलाई समाप्त पार्न गरेको षड्यन्त्र चुड्की बजाएर विफल पारिदिएको बताउनुभएको छ ।
![dfcf]jfbLsf] dxflwj]zdf ;Daf]wg ub}{ PsLs[t ;dfhfbLsf cWoIf dfwj g]kfn](https://www.nepaljapan.com/wp-content/uploads/2021/12/Madhav-Nepal-1-scaled-e1640530912949.jpg)
अमेरिकी सहायता परियोजना एमसीसी पारित भएपछि पार्टीको धारण सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सो कुरा बताउनुभएको हो
पत्रकार सम्मेलनमा बोल्दै नेपालले भन्नुभयो ‘फागुन १ गते पूरै हाम्रो पार्टीविरुद्ध अस्तित्व समाप्त पार्ने षड्यन्त्र भइराखेको थियो’, उहाँले भन्नुभयो, ‘हामीलाई थाहा हुँदैन र बालकोटमा के के षड्यन्त्र भएको थियो ?’
आफूसति १४ सांसदको मुद्दा पेशीमा चढेकै दिन प्रधान न्यायाधीशमाथि महाभियोग प्रस्ताव दर्ता गरिएको बताउँदै अध्यक्ष नेपालले दुई हप्तादेखिका षड्यन्त्र एक मिनेटमा चुड्की बजाएर समाप्त पारिएको दावी गर्नुभयो ।
अध्यक्ष नेपालले एमसीसीको विषयमा विवाद सिर्जना गर्ने पहिलो व्यक्ति केपी ओली भएको आरोपसमेत लगानुभएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले भ्रम र अन्यौलता प्रष्ट पार्न १२ बुँदे व्याख्यात्मक घोषणा आएको उल्लेख गर्नुभयो।
उहाँले एमसीसीको व्याख्यात्मक घोषणा केही होइन भन्नेलाई अध्ययन गर्न सुझाव दिंदै व्याख्यात्मक घोषणा गठबन्धन सरकारले स्वीकार गरेर संसदमा प्रस्तुत गरेको र सिंगो संसदले अत्याधिक मतले सदर गरेको उहाँले प्रष्ट पार्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्