अमेरिकी हमलामा परी इरानका सर्वोच्च नेता खामोनेईको मृत्यु
इरानले अमेरिका र इजरायलको संयुक्र आक्रमणमा परी सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मृत्यु भएको पुष्टि गरेको छ। खामेनेईको मृत्युुमा इरानले मुलुकमा ४० दिनसम्म शोक मनाउने घोषणा गरेको छ ।
यसअघि इरानी सरकारी सञ्चारमाध्यमले हमलामा परी खामेनेईकी छोरी, ज्वाइँ तथा नातिनातिना र एकजना बुहारी मारिएका जनाएको थियो।
बिबिसिका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानमाथि अमेरिकी-इजरेली हमलामा परी खामेनेई मारिएको सञ्जालमार्फत् घोषणा गर्दै ‘इरानी जनता’, अमेरिकी जनता र विश्वभरि धेरै मानिसका निम्ति न्याय’ भएको भनी सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
ट्रम्पले बमबारी जारी रहने भन्दै इरानी जनताका लागि उनीहरूको देश फिर्ता लिने यो एक मात्र अवसर भएको टिप्पणी पनि गर्नुभएको छ ।
अमेरिका र इजरेलले गरेको हमलाको जबाफमा इरानले मध्यपूर्वभरि आक्रमण गरेको छ। दुबई, दोहा, बाहरेन र कुवेतमा अवस्थित अमेरिकी सैनिक अखडाहरूमा इरानले हमला गरेको विवरणहरूमा जनाइएको छ।
अमेरिका र इजरेलको हमलामा परी इरानमा दुई सय जनाभन्दा बढी व्यक्ति मारिएका रेडक्रसले जनाएको छ। इरानी सञ्चारमाध्यमहरूका अनुसार एउटा कन्या विद्यालयमाथि आक्रमण हुँदा कम्तीमा ८५ जना मारिएका छन्।





प्रतिक्रिया राख्नुहोस्