कर्पोरेट/पर्यटन

महावीर पुनलाई नेपाल बैंकको साथ घोषित भए ब्राण्ड एम्बेसडर

नेपालको सूचना प्रविधिमा सक्रिय महावीर पुनलाई नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । देशमा प्रविधिको विकास गर्न आफ्नै पहलमा राष्ट्रिय आविष्कार केन्द्र खोलेर चन्दा संकलन गरी विभिन्न आविष्सकारहरु गरिरहेका पुनलाई नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडको व्यापारिक प्रबर्धनको लागी ब्राण्ड एम्बेसेडर चयन गरेको हो ।

आफूलाई बैंकले राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट ब्राण्ड एम्बेसडर चयन गरेपछि फेसबुकमार्फत अचम्मै भयो भन्दै खुसी व्यक्त गर्नुभएको छ । पुनका अनुसार नेपाल बैंकले राष्ट्रिय आविष्कार केन्द्रलाई पहिलो चरणमा नेपाल बैंक लिमिटेड बाट रु १० लाख रुपैयाँ उपलब्ध गराएर एम्बेसडर नियुक्त गरेको हो ।

यस विषयमा सोमबार नेपाल बैंक लिमिटेडका सिईओ कृष्णबहादुर अधिकारी र आविष्कार केन्द्रको तर्फबाट पुनले बैंकका उच्चतका अधिकारीहरुका उपस्थितिमा हस्ताक्षर सम्पन्न भएको छ ।

आफूलाई अचम्म लाग्ने यो सन्दर्भपछि खुसी व्यक्त गर्दै उहाँले अब बैंक बाहेक अन्य कुनै पनि कम्पनी र ब्यबसायहरुले मलाई ब्राण्ड एम्बेसेडर बनाएर राष्ट्रिय आविष्कार केन्द्रलाई दान गर्न चाहनु हुन्छ भने ढोका खुला छ र म तयार छु भन्नुभएको छ ।

महावीर पुनको नौलो तरंग ! किन बेच्दैछन् आफ्नै पदकहरु ?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.