बिचार

ओलीको उत्पत्ति र अवशान

तारा सुवेदी

नेपालको राजनीतिको दीर्घकालिन त के ५ वर्षको दिशा र अवस्थाबारे समेत “यही र यस्तै हुन्छ” भन्ने प्रक्षेपण गर्न सकिने अवस्था भएन । संभवत बहुदलीय संसदीय प्रजातान्त्रिक शासन प्रणालीको पुनस्थापनाका लागि बीसौं, तीसौं वर्ष संघर्ष गरेका र त्यस्तो व्यवस्था स्थापना भएको स्पष्ट माग चित्र आफ्नो मनमथिङ्गल भित्र राखेका राजनीतिक नेताको अभावले पनि त्यस्तो भएको हुन सक्छ । अथवा देशको आकार प्रकार सुहाउँदा जो जो जीवनको सम्पूर्ण समय केवल “प्रजातन्त्र”का लागि खर्चेका थिए, उनीहरुकै, वलमा बहुदलीय संसदीय प्रजातन्त्र स्थापना भयो तर तिनै नेता उनकै आलाकाँचा सत्ता, शक्ति र स्वार्थ वशात् उनका पछि लागेका पुस्ताबाट दर किनरिएका वा काल कलित हुन पुगेकोले हो ? अथवा उनीहरु (नेताहरु)ले आफ्ना उत्तरवत्र्ती प्रस्ता लाई राम्ररी प्रशासित गर्ने भन्दा स्वतन्त्र र स्वच्छन्दका एका हुनाले पहिलो पुस्ता र त्यस पछिका पुस्ताबीच ठूलो धर्ती फाट देखियो । जसको कारण पहिलो पुस्ताका नेताहरुमानिने बी.पी. पुष्पलाल, कृष्णप्रसाद, गणेशमान, मनमोहन, जस्ता देश अनुसारका राजनीतिक नेताहरुलाई उनकै अनुगामीहरुले संसदीय शासन प्रणाली स्थापनाभए पछि ती (नेताहरुलाई) प्रयोजनीयता विहिन वा असान्दर्भिक ठाने, एक्ल्याउँदै (एकलौटे गर्दै) लगे ।

संयोग भन्ने, मान्ने कि देशको दुर्भाग्य ! “दोस्रो पुस्ताका” भन्नु, ठान्नु पर्ने सबै समवयी र “स्वयंम् देशको भू–स्थिति अवस्था र आवश्यकता”को ज्ञान कम वा शून्य र आफ्नो स्वार्थ र संभावनाको दिशा अलिबढी बुझे जानेका भईदिए । त्यही ‘गोलचव्रm’मा घुम्दै र अँध्यारोमा निकास र प्रकाश खोज्दै गर्दा कोही उग्रपन्थी गन्तव्य तिर पुगे । कोही अरुकसैको सहाराको औला भेटाएर सहज मूलधारमा देखापरे । (यस पछि सायद थप स्पष्टीकरणको प्रयोजनीयता नहोला, स्पष्ट गर्नु नपर्ला ? त्यसरी मार्गदर्शक, संरक्षक वा परिपक्व पहिलो । (गुरु) पुस्ताबाट भन्दा एकलव्यीय शैली वा तौर तरिका बाट र ठक्कर खादै, अक्करमा (कारावास) मा पर्दै वा वरालिँदै, समयको घारा सँगै वेतसी –शैली र वृत्ति अँगालेका पुस्ताको वग्रेल्ती भीड मध्येका केही आज नेपालको भाग्य, भविष्यको निर्माण गर्ने जिम्मेवारी हत्याए । बाँकी वर्तमान प्रुस्ताव दिशाहीन भई चौंबाटोमा उभिएको छटपटाई रहेको छ ।

तर त्यसतो रसमवयी, सभदायित्वको अधिकार पाएका पुस्ताबाट आफ्नो कर्तव्यको कर्तव्यवोध गर्ने विरलाकोटी वा साह्रै कम देखापरे । आफ्नो काँध र शीरमा समय र सन्दर्भले राखिदिएको जिम्मेदारीको प्रयोग नितान्त निजी भविष्यनिर्माणमा प्रयोग गर्ने प्रवृत्ति नेपालको राजनीतिको स्थापित संस्कृति र वर्तमानको नियति बन्यो । यही समग्रताको यथार्थताको प्रमुख जीवनान्त पात्रको रुपमा केपी ओली शेरबहादुर, रामचन्द्र देखापरे । त्यसैले उनीहरुको जीवनको प्रारम्भदेखी संघर्षको कालसम्म (उनीहरु) पहिलो पुस्ताको दर्शन सिद्धान्त आदर्श विचारधाराका अनुगामी देखिए । तर जब संघर्ष भन्दा बढी संयोगले उनीहरुलाई आफ्नो धारासँगै अघि बढायो, वी.पी. के.पी. गणेशमानहरुबाट मार्ग निर्देशन संरक्षण र अभिप्रेरणाा पाएकोले शेर बहादुर, रामचन्द्र, प्रदीप गिरीले “ने.का.लाई भत्किनबाट जोगाउन सकेनौं भने हामी सबै एउटै भडखारोमा जाक्किएर सामूहिक आत्महत्या गर्नु सरह हुनेछ । हामीले बीपीले अफगानिस्तान हुँदै जसरी यस क्षेत्रमा कम्युनिष्ट हुर्के बढेको रोक्न “राजासँग गर्दन जोडिएको” भन्दै राष्ट्रिय मेलमिलापको बाटो लिनु भयो । कम्युनिष्टहरुसँग मिलेर गणतन्त्र ल्याउने जीपीको ढीपीेले जब गणतन्त्रात्मक संविधान बन्यो र त्यस अधीनको निर्वाचन भयो, हामीलाई आमजनताले नराम्ररी निषेध गरे । हामीले बहुमत त के एकतिहाई पनि ल्याउन सकेनौं । त्यसैले हामी पार्टीभित्र जेजति, बादविवाद, वैमनस्य झैझगडा गरे पनि सामूहिक आत्मरक्षार्थ “अलग चूलो चौको र धूनी नजगाउँ” भन्ने एकसुत्रीय सहमति गरे । (भलै, त्यो पनि आम जनताको कल्याणमुखी नभएर, सत्ता, शक्ति र स्वार्थ भन्दा फरक र परको होइन थिएन ।”

तर “उग्रक्रान्तिकारी” बनेर “तत्कालै क्रान्ती गरी, नेपालमा पनि साम्यवादी समाजको स्थापनाको स्वर कल्पनामा बहकिएर ने.क.पाका संस्थापक नेताहरुलाई “काँग्रेस परस्त”, संशोधनवादी, मात्रै नभनी “गद्दार” भन्ने सम्मको आरोप आक्षेप लगाउँदै जमिन्दार र सामन्दहरुको टाउको काट्ने (क्रान्तिकारी) कै जत्था जमात पनि जन्म्यो । त्यही भीडका वीचबाट जे जति सच्चा “कम्युनिष्ट नेता” देखापरे । तिनीहरुको संख्या नगण्य वा हातका औंलामा गन्न पनि नपुग्ने स्थिति उत्पन्न भयो । सत्ता र शक्तिमा जान सर्वहारा, गरीब किसान, मजदूर वर्गको हिमायती देखिने, तर सत्ता शक्ति र स्वार्थपूरा हुने गर्ने अवसर पाएपछि कमिशन खोर, माफिया, ठूला उद्योगी, व्यापारी सामन्त देखि परमभ्रष्ट भनेर चरम गन्हाएको दुर्गन्धी भ्रष्टाचारी, विभिन्न क्षेत्रका संघाधिपत्यवादी (सिण्डिकेटिस्ट)हरु सम्मका परम हितैषी पृष्टपोशीका सरदार का विश्वस्त एजेण्ट, बन्दै नै गएको, भीड बढी देख्नु प¥यो । त्यो समग्रताको ज्वलन्त जीवन्त ठेठ, उदाहरण केपी ओली, उनका आसेपासेहरुको वग्रेल्ती भीड आजबालुवाटार देखी विभिन्न तहका सिंहदरबारसम्म पुगेको सुन्नु र देख्नु प¥योें ।

हो, त्यही नेकपाको कापबाट निस्केर सम्पूर्ण कम्युनिष्टको माया, विश्वास र काखमा हुर्केर र आज नेकपाको प्रतिनिधि बनी राज्य सत्ता र शक्तिको नियन्ता बनेका नेता ओलीले “शक्तिले व्यक्तिलाइ भ्रष्ट बनाउँदैछ, परमशक्ति प्रयोक्ता भएपछि चरम भ्रष्ट बनाउँछ” भन्ने विश्वव्यापी शाश्वत सत्यलाई चरितार्थ गर्ने ग्याङ्ग खडा गर्न उद्यत देखिए ।

यसैपनि प्रारम्भ देखि “उद्दण्ड, उग्र, अराजकतावादी, सन्की र उट्पट्याङ भनेर बद्नाम” उनी (ओली) जब जब नेपालको शासन शक्तिको औपचारिक वा अधिकारीका केन्द्रीय शासन शक्तिको औपचारिक वा आधिकारिक केन्द्रीय भवन सिंहदरबार छोडेर सरकार प्रमुखको (सरकारी) निवास (बालुवाटार) भित्रैबाट “काकस गूर्ट” र षड्यन्त्रकारी खुराफाती शकुनीहरुको जाल झेल र खेलमा रम्दै, संविधान ऐन, कानून, राजनीतिक मूल्य मान्यता नैतिकताका यावत् नैतिक वन्धनलाई पौष ५ गते आइपुग्दा सम्म जसरी फालियो सायद त्यही निर्वस्त्रताले दुइतिहाइ संसदीय वहुमतको नजिकको नेकपा नै आज दुनिया सामु शीर झुकाउनुपर्ने र लज्जित हुनुपर्ने परिस्थितिमा पुग्यो ।

अझ भनौ तत्कालीन ने.क.पा (एमाले) को नवौं महाधिवेशनमा “नयाँ रायमाझी बा धुन्धुकारी जन्माउने गल्ती नगर्नु होस्,” भनेर यसै स्तम्भकारले एमालेका महाधिवेश प्रतिनिधिहरुलाई दिएको सल्लाह जुन मानिएन, त्यसैको परिणाम नवौं महाधिवेशनबाट नेतृत्व हत्याए लगत्तै बाट ने.क.पा (एमाले) का नेता कार्यकर्ता देखी समर्थक शुभेच्छुकहरु सम्मले आज आफैले चुने छानेका व्यक्ति सत्ता नियन्ताबनेपछि निर्वस्त्र देश दौडाहामा निस्केको देख्नुप¥यो । त्यसबाट धेरैलाई आफ्ना गल्तीले पौल्यो आँडाहाँ भयो ।

जेहोस्, यसै स्तम्भमा गएको मंसीरको दोस्रो कि तेस्रो हप्ताको अंकमा स्तम्भकारले “वर्तमान प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकारीको प्रश्न” भन्ने शीर्षकमा लामो लेख लेख्यो । जब पौष ५ गते मौजूदा संविधानको धारा ७६ को उपधारा (७) अनुसार बहुमतको सरकारलाई नभई विश्वासको मत पाउन नसकेको उपधारा ५ को अधीन वनेका अल्पमतको नेताले मात्र विघटन गर्न पाउने” प्रावधान माथि निर्लज्जता पूर्व वलात्कार गरियो, र तत्काल कायम रहेको आफ्नो पार्टीका बहुमतको प्रतिनिधि सभाविघटन गरियो । नेपालको सचेत वर्ग, समाज, समुदाय नै विभाजित वा विचलित हुन पुग्यो । दुई

मसिना र राष्ट्रिय महत्वका नभएका कतिपय मुद्दामा, केही भ्रष्ट, निकृष्ट, दुष्ट र योग्यता क्षमताले खरिदार सुब्बा बन्ने ल्याकत क्षमता नभएको केहीले न्यायपीठासनमाबसेर फैसला नैवेचेको होइनन्, थिएनन् । र त्यस्तै मध्येका एकदुई जना सर्वाेच्चको शीर्षस्थानमा नपुगेका पनि होइनन् छैनन् (तिनको नाम उल्लेख नगरौं) । तर प्रधानमन्त्री ओली सत्ता शक्ति नियन्ता बनेपछिको सत्ताको मातले जसरी सरेआम संविधान, ऐन, कानून माथि निर्वस्त्र भई बलात्कार गरे, त्यसलाई अवका न्यायमूर्तिले आफ्ना कालोकोटले ढाकेर लाजवचाई दिने ह्याउ हिम्मत गर्नेछैनन् । भलै, हिजोका केहीमा (नाम नलेखौं) थियो होला, अहिलेकामा त्यस्तो दुसाहसिकता देखाऊने आँट पनि पक्कै छैन, त्यस्तो दुश्चेष्टा कसैले किमार्थ गर्दैनन्” भन्ने मा फागुन ११ गतेसम्म पंक्तिकार विश्वस्त थियो । कतिपय उच्चतहमा पुगेका मित्रहरुलाई विश्वस्त पार्दै थियो । आखिर भयो के ? अदालतले निर्विकल्प फैसला दियो । तर त्यही मुद्दाको पक्षधरहरु त्यसलाई जसरी “न्यायाधीशहरुको अनुकम्पा, न्याय परापणताको पराकाष्ठा” को रुपमा जयगान गरियो त्येति अतिभक्तिको अभिव्यक्ति थियो । बढीमा “प्रधानमन्त्री ओलीले विभिन्न ठाउँमा पुगेर “म ६४ प्रतिशत मतले चुनिएको (प्रचण्ड बहुमत प्राप्त) प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट विघटित प्रतिनिधि सभा पुनस्थापित गर्ने फैसला भए, कसैले थेगी नसक्ने आन्दोलन हुनेछ” भनेर दिएको धाक, धम्कीलाई “सर्वाेच्चले हाँक दिएको, लोप्पा खुवाई ठिङगा देखाई दिएको” भन्दा पुग्थ्यो ।” भुक्ने…भुक्तै रहन्छन् हात्ती आविचलित हिडँ्दै गर्छ” भन्ने लोकोक्ति सही सावित गर्ने काम संवैधानिक पीठले ग¥यो” भन्नु समीचित हुन्थ्यो ।

सार समष्टिमा भनौं । झण्डै आफ्नो चारदशकको पृष्ठभूमिसँग सम्बन्धित संगठनसँग आवद्ध र व्यक्तिगत सम्पर्कमा मेची महाकाली भनौं अथवा ७ वटैप्रदेशका मित्रहरुसँग फैसला आउनु पहिलेवर्तमान राजनीतिक घटना परिघटना सम्बन्धमा आम जनताको धारणाबारे एउटा स्वतन्त्र पर्यवेक्षकको हैसियतले जिज्ञाषा राखेको थिएँ । सबैबाटै “ओलीले बोलीमा लगाम लगाउनुपर्छ, नत्र अरुतिर हानेको गोलीले उनैलाई ढाल्न सक्छ” भनेर ११ गते अगाडि (अदातलबाट फैसला नआउँदै) भनेका थिएँ । जब अदालतको फैसला आएको ३÷४ दिन पछि तिनै मित्रहरुलाई फोन गरी सोध्दा उनीहरुले “नेकपाका निकटस्थहरुका शब्दमा “ओली इतिहासका सबैभन्दा गद्दार ग्याङ्का सरदारमा नदरिने हो भने अझैपनि ढीला नगरी स्वेच्छ्या वालुवाटारबाट राजपाठ छोडेर बालकोट तिर जानु नै एकमात्र अन्तिम विकल्प देखिन्छ” भन्दा रहेछन् ।

“अरु स्वतन्त्र बुद्धिजीवि, विश्लेषक र समाज मनोविज्ञान बुझ्नेहरुले “विश्वलाई नै अचम्मित गर्ने गरी”, “संसारबाट कम्युनिष्टहरु हराए, उनको झण्डा उत्रिदै छ भन्नेहरुलाई (संसारको) उच्चशिखर सगरमाथामा नै कम्युनिष्ट झण्डा जसरी नेपाली जनताले फडराएर देखाइदिएका थिए । झण्डै दुई तिहाई बहुमत सहित सार्वभौ संसदमा पुगी, देशको शासन सत्ता नियन्ता बनाएका थिए । त्यसलाई दम्भी दुर्याेधनले जसरी त्यत्रो कुरुवंश नाश गरेको थियो त्यसरी नै नेकपा लाई “मटियामेट” गर्ने काम ओलीको “सूच्यग्रं नैवदास्यामि विनायुद्धेन माधव (केशव) !” भनेर ओलीले राजीनामा नदिने दम्भले ग¥यो” भन्दैछन् । नेकपा इतर दलका नेता कार्यकर्ता र व्यक्तिहरु भने आफ्नो जुँगामा ताउतगाउँदै, कुमपड्काई रहेका छन् । आफ्नो दाउलागेको ठानिरहेछन्, भन्ने सुनाए ।

तर ती वा यी सबै कुरा सरल रेखाबाट राजनीति अगाडि बढेको वा बढ्ने स्थितिमा गरिने, देखिने र गर्न सक्ने मिल्ने विश्लेषण र प्रक्षेपणहरु हुन् । एक त राजनीतिक विषयलाई पनि विज्ञानकै रुपमा लिने गरिएपनि त्यो अंकगणित, भौतिक विज्ञान र रसायनशास्त्र जस्तो होइन । अर्थात् राजनीति संश्लेषण र विश्लेषण शास्त्रीय सिद्धान्त (फर्मूला) अनुसार हुने नभई समय सन्दर्भ परिस्थिति र परिवेश सापेक्ष हुने विषय हो । त्यसैले “सर्वाेच्च अदालतले सार्वभौम प्रतिनिधिसभा पुनस्थापित गरि सकेकोले अब राजनीतिक समस्याको टुंगो प्रतिनिधि सभाले गर्छ” भन्ने जे जतिको सोचाई, ठम्याई वा विश्वास विश्लेषण होला ! त्यो “मिथ्या वा स्वर्णिम मीठो सपना सावित हुने” बरु बढी संभावना देखिँदैछ । किनकि, प्रतिनिधि सभाको बैठक भलै, संविधानको अधीन सरकारले बोलाउनु पर्ने बाध्यात्मक व्यवस्था अनुसार सरकारले आह्वान गरेको किन नहोस् । तर सरकारको चाहना र समस्या समाधानका लागि किमार्थ होइन । मात्र “संवैधानिक झारा टार्न” मात्र बोलाइएको हो । त्यसकारण प्र.म. बाट (सरकारबाट)” प्रतिनिधि सभामा अविश्वास प्रस्ताव पेश हुन नपाउने गरी भोली पल्टनै अधिवेशनको अन्त्य गर्ने र अध्यादेशकै भरमा शासन प्रशासन संचालित हुने” (यतिसम्म कि बजेट पनि संसद छलेर अध्यादेशबाटै आउने) बढी सम्भावना देखिँदै छ । देशको राजनीति अगाडि बढ्ने संभावना यस्तै देखिँदैछ ।

प्रतिनिधि सभालाई कानूनत जीवित र व्यवहारबाट पूर्णतमृत (कोमा), (संज्ञाशून्यता) मा राखी, बाँकी दुई वर्षको आयु पूरा हुन दिइयो भने आश्चर्यको घटना हुनेछैन । संभवत यस्तो भएमा हिजो प्रतिनिधि सभा पुनस्थापनाका लागि सडकमा उत्रिएका “नागरिक समाज”को भूमिकाको शक्ति परीक्षण हुनेको हुनेछ ।

यसैले प्रश्न उठ्छ । के त्यस्तो नयाँ जंगबहादुर हिट्लर वा मार्काैस शैलीमा सरकार अधिबढ्यौ भने अप्रिलको फिलिपिन्सको कोराजोन एक्वीनो नेतृत्वको जस्तो सिभिल (नागरिक द्वारा विद्रोह गरी सत्ता परिवर्तन होला ? अथवा आजको म्यान्मारको नियती नेपालीले भोग्नु पर्ने र ओलीको त्यसैसँग अन्त्यै होला ? (यहाँको ओलीको अन्त्य) को अर्थ उनको सत्ता र प्रवृत्ति को हो । भौतिक उपस्थिति सय वर्ष भन्दा बढी होस् भगवान् सँग प्राथना गरौं । जय होस् ।

(युगसम्वाद साप्ताहिकबाट

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.