अर्थ

एक हजार सातसयले घट्यो सुनको मूल्य, तोलाको ८७ हजार रुपैयाँ

केही समययता अस्थिर रहेको सुनको मूल्यमा ठूलो मात्रामा घटेको छ । स्थानीय बजारमा मंगलबार सुन तोलामा एक हजार ७०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाल सुन तोलामा रु ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

सोमबार छापवाल सुन तोलामा रु ८८ हजार ७०० मा कारोवार भएको थियो । यस्तै, तेजाबी सुन तोलामा रु ८६ हजार ५५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार तेजाबी सुन तोलामा रु ८८ हजार २५० मा कारोवार भएको थियो ।

यसैगरी चाँदी तोलामा रु ४० ले घटेको छ । सोमबार रु एक हजार ३३० मा कारोवार भएको चाँदी मंगलबार भने तोलामा रु एक हजार २९० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.