राजनीति

विप्लवसंग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता समिति, विप्लव पनि समिति बनाउने तयारीमा

अद्र्धभूमिगत रुपमा छापामार गतिविधि संचालन गरिरहेको नेत्रविक्रम चन्द (विप्लव)समूहलाई वार्तामार्फत मूलधारको राजनीतिमा ल्याउन सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता समिति गठन गरेको छ । सरकाले वार्ता समिति बनाएपछि चन्द समूहले पनि वार्ता समिति बनाउने तयारी गरेको समाचार छ ।

विप्लव समूहमाथि २८ फागुन २०७५ देखि सरकारले प्रतिबन्ध लगाएको छ । तर उसका माग र समस्या समाधानका लागि वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको हो ।

सरकारका प्रवक्ता तथा सूचना एवं संचार प्रविधि मन्त्री पार्वत गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिनुभएको हो । गुरुङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकार र विप्लव समूहबीच छिट्टै वार्ताको प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सबैलाई शान्ति प्रक्रियामा ल्याउने नेपाल सरकारको स्पष्ट दृष्टिकोण रहेको बताउँदै भन्नुभयो, ‘नेपाल सरकारले यो वार्ता टोली बनाइसकेपछि विप्लव समूहबाट पनि वार्ता टोली गठन गरेर छिटोभन्दा छिटो वार्ता हुने छ भन्ने हामी विश्वास व्यक्त गर्दछौं ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.