प्रकाण्डको संयोजकत्वमा विप्लव समूहको वार्ता टोली गठन

नेकपा विप्लव समूहसंग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेपछि सो समूहले पनि पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली बनाएको छ । टोलीमा उदय चलाउने ‘दीपक’ सदस्य छन् ।
विप्लव समूह हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै २८ फागुन २०७५ मा सरकारले प्रतिबन्ध लगाएको थियो । तर नेकपा विभाजित भएसंगै सरकारले विप्लवसंग वार्ताको तयारी गरेको थियो भने समूहमाथिको प्रतिबन्ध पनि चाँडै फुकुवा गर्ने बताएको छ ।
सरकारले वार्ता समिति गठन गरेलगत्तै सो पार्टीका महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गरेर आफूहरुको तर्फबाट पनि समिति बनेको जनाइएको हो ।
सरकारले बनाएको समितिमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन् । त्यसो त यसअघि सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा भूमिगत समूहहरुसँग वार्ता गर्ने भन्दै समिति बनाएको थियो ।
प्रतिक्रिया राख्नुहोस्