जन सरोकार

चौबीस बुँदे घोषणापत्र जारी गर्दै कानून व्यवसायीको राष्ट्रिय सम्मेलन सम्पन्न

न्यायपालिकाको शुद्धीकरण गरी भ्रष्टाचारमुक्त बनाउने, नयाँ प्रवेशी कानून व्यवसायीको दक्षतावृद्धिलगायतको २४ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै कानून व्यवसायीको सम्मेलन सम्पन्न भएको छ ।

नेपाल बार एशोसिएशनले यही फागुन १५, १६ र १७ गते आयोजना गरेको सम्मेलनको १५ औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन, २०७८ को आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो । कानून व्यवसायसम्बन्धी विभिन्न विषयमा छलफल गरी आज सम्पन्न भएको हो ।

घोषणापत्रमा न्यायालयको विकृति, विसङ्गति न्यूनीकरण गर्नका लागि न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वले बनाएको प्रतिवेदनको कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै न्याय सम्पादनमा निष्पक्षता निर्वाह गर्नुपर्ने दायित्व भएका न्यायाधीश र अदालतको अधिकृतकोरू रूपमा सहयोग पु¥याउने कानून व्यवसायीसमेतलाई कुनै मुद्दा विशेषमा निर्वाह गरेको भूमिकाका आधारमा पदक दिनु र पदक लिनु न्यायिक निष्पक्षताको प्रतिकूल र विवादास्पद हुने भएकाले त्यसलाई निरुसाहित गर्नुपर्ने उल्लेख छ ।

राजनीतिक प्रभावलाई मुख्य आधार बनाई न्यायाधीशहरुको नियुक्ति हुने गरेको गुनासा, नातावाद, कृपावाद, संरक्षणवाद भागबण्डा तथा राजनीतिक प्रभाव अन्त्य गरी न्यायप्रतिको निष्ठा, व्यक्तिगत चरित्र एवं सार्वजनिक प्रतिष्ठालाई ध्यान दिनुपर्ने उल्लेख छ ।

कानुन व्यवसायीको आचरणका सम्बन्धमा उठ्ने गरेको विवादको न्यूनीकरण गर्नका लागि परिषद्ले आचारसंहिताको पालना भए नभएको अनुगमन गर्न प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने उल्लेख छ । सम्मेलनले नवोदित कानून व्यवसायीको दक्षता अभिवृद्धि एवं पेसामा रहेको कानून व्यवसायीको क्षेत्रमा भएका नयाँ विकासका सम्बन्धमा विज्ञता प्रदान गर्न कानून व्यवसायीको प्रतिष्ठानको प्रबल आवश्यकता औँल्याएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.