राजनीति

सभामुखलाई जोडेर गरिएको प्रचार राजनीतिक पूर्वाग्रहबाट प्रेरित

सभामुख अग्निप्रसाद सापकोटाले बोल्दै नबोलेको कुरालाई लिएर भ्रम सृजना गर्ने र अफवाह फैलाउन खोजिएको भन्दै सङ्घीय संसद् सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ ।

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपाने आज जारी गरेको प्रेस विज्ञप्तिमा लोकतन्त्र र संवैधानिक सर्वोच्चताको पक्षमा उभिनुभएका सभामुखलाई जोडेर गरिएको प्रचार राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको उल्लेख छ ।

देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकाप्रति विज्ञप्तिमा आपत्ति जनाइएको छ ।

नेपालको संविधान, प्रतिनिधिसभा नियमावली र कानुनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनुभएका सभामुखविरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान भएकोप्रति आप्रत्ति जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.