जापान

युक्रेनस्थित जापानी दूताबास अस्थायी रुपमा बन्द

रुसको आक्रमणको चपेटामा परेको युक्रेनमा रहेको जापानी दूताबास अस्थायी रुपमा बन्द गरिएको छ । रुसको आक्रमण राजधानी किभ केन्द्रित हुँदा सुरक्षाका कारण दूताबास अस्थायी रुपमा बन्द गरिएको हो ।

परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार दूताबास बन्द गरिएपछि त्यहाँ रहेका कर्मचारी पनि बाहिरिएका छन् । युक्रेनमा रहेका जापानीहरुका लागि पश्चिमी शहर लवीवमा अस्थायी सम्पर्क कार्यालय खोलिएको छ ।

सो कार्यालयले यक्रेनमा रहेका लगभग १२० जापानी नागरिकका लागि देश छाड्ने र सुरक्षित रहन आवश्यक सहायता गर्नेछ ।

रुसले मंगलबारदेखि किभलक्षित आक्रमण तीब्र बनाएको छ । रुसी सेनाद्वारा त्यहाँको टेलिभिजन टावरको निशाना बनाएको थियो । सो हमलामा केही सर्वसाधारणको मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.