कर्णालीप्रदेश

कर्णाली प्रदेश सरकारलाई राप्रपाको समर्थन फिर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले आज लिखित पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभयो ।

सङ्घीय सरकारमा रहेको राप्रपाले आफ्नो समर्थन फिर्ता लिएसँगै केन्द्रले पठाएको निर्णयअनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “परिवर्तित राजनीतिक परिवेशमा राप्रपा सत्तामा रहिरहनु उपयुक्त नहुने केन्द्र पार्टीले निर्णय गरेको छ । त्यही निर्णय मुताविक राप्रपाले देशभरि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.