राजनीति

कांग्रेसमा महिला सहभागिता जम्मा तीन प्रतिशत : एक तिहाई क्रियाशील सदस्यता दिन माग

संविधानले समावेशी, समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्दै हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरे पनि सरकारदेखि पार्टीसम्म यो व्यवस्था लागू छैन । यस्तोमा नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला संघले न्यूनतम एक तिहाइ महिलाई पार्टीको क्रियाशील सदस्यता वितरण गर्नुपर्ने माग गरेको छ ।

संघले पार्टी सभापति शेरबहादुर देउवालाई सोमबार ज्ञापनपत्र बुझाउँदै हालसम्म तीन प्रतिशत महिलाले मात्र पार्टीको सो सदस्यता पाउन सकेको जानकारी गराउँदै सो माग गरेको हो ।

पार्टीको विधानमा आगामी १४औँ महाधिवेशनबाट लागू हुने गरी वडा समितिदेखि केन्द्रीय समितिसम्म एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ । गाउँगाउँमा सङ्गठन गर्न दुःख गरेका तथा पार्टीका हरेक कार्यक्रममा सक्रिय रुपमा भूमिका निर्वाह गरेका महिला अझै पनि पार्टीको क्रियाशील सदस्यता पाउनबाट वञ्चित रहेको संघका अध्यक्ष उमा रेग्मीले बताउनुभयो ।

सो पार्टीको १४औँ महाधिवेशनको तयारीका लागि फागुन १६ गतेदेखि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न शुरु गरेको छ । पार्टीको विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्न शुरु गरेको पार्टीले जनाएको छ । सङ्गठनमा महत्वपूर्ण मानिने क्रियाशील सदस्य सङ्ख्या हाल स्वदेश र विदेश ९काँग्रेसका जनसम्पर्क समिति० गरी करिब पाँच लाख रहेको पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.