राजनीति

सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने अध्यक्ष नेपालको प्रतिबद्धता

सत्ता राजनीतिमा वृद्धभत्ता ठूलो मुद्दा बन्ने गरेको छ । वर्तमान सरकार गठनपूर्व नै वृद्धभत्ता लगायत सामाजिक सुरक्षाभत्ताा ५ हजार पुर्याउने प्रतिबद्धता भयो, तर बढेन । अहिले सरकार परिवर्तनको खेल चलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधकुमार नेपालले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने बताउनुभएको छ ।

मंगलबबार भरतमोहन अधिकारी स्मृति फाउण्डेशन काठमाडौं र विष्णुमाया पुस्तकालय विराटनगरद्वारा आयोजित भरतमोहन अधिकारी दोस्रो स्मृति दिवसमा उहाँले स्व अधिकारीले शुरुआत गर्नुभएको सामाजिक भत्ता दुई वर्षभित्र पाँच हजार पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

फाउण्डेशनका संरक्षक रहनुभएको अध्यक्ष नेपालले अधिकारीको दीर्घकालीन सोच र विकासको अवधारणाअनुसार विसं २०५१ मा ग्रामीण क्षेत्रका जनताको जीवनस्तरका उकास्न तथा गाउँको विकासका लागि ल्याएको ‘आफ्नो गाउँ आफैँ बनाउँ’ कार्यक्रममा त्यस बेला निकास गरिएको रु तीन लाख रकम अहिले रु ३० करोडबाट भएबाट जनताको मुहारमा खुशी आएको धारणा राख्नुभयो ।

उहाँले पार्टीको सङ्गठन विस्तारमा एवं संविधान निर्माणमा स्व अधिकारीको ठूलो भूमिका रहेको चर्चा गर्दै देश विकास, ज्येष्ठ नागरिकको मुहारमा मुस्कान, अशिक्षा, गरिबी निवारणमा निरन्तर छलफल एवं कार्य गर्नुभएको स्मरण गर्नुभयो ।

अध्यक्ष नेपालले सर्वोच्च अदालतले मृत्यु हुन लागेका संविधान र संसद् ब्युताइदिनु जनता र सत्यको जीत भएको धारणा राख्नुभयो । उहाँले राजनीतिक निकास एवं नयाँ प्रधानमन्त्री चयनका लागि वर्तमान नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने तर्क गर्नुभयो ।

फाण्डेशनका अध्यक्ष सोमप्रसाद पाण्डे अधिकारीकी छोरी लीमा अधिकारी, प्रा भेषप्रसाद धमला र सुरेशराज शर्माले स्व अधिकारी राजनीतिक, सामाजिक, आर्थिक, राष्ट्रिय विकास कानूनीका ज्ञाता र मृदुभाषी र सरल र दीर्घसोध भएको व्यक्तित्व भएको बताउनुभयो । सो अवसरमा २३ अग्रज कम्युनिष्ट नेता र १२५ ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.