राजनीति

सरकार र चन्द समूहबीच पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउने उद्देश्यसहित सरकारले वार्ताको थालनी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सम्पन्न वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले जानकारी दिनुभयो ।

सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माका संयोजकत्वमा अलगअलग वार्ता समिति सार्वजनिक भएको थियो ।

हिंसात्मक गतिविधिमा प्रतिबन्ध लगाइएको सो समूह राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयमा वार्ता र संवाद गर्न तयार भएपछि वार्ता प्रक्रिया अघि बढेको हो ।

मंगलबार सरकारले वार्ता समिति गठन गरेपछि विप्लव समूहले पनि वार्ता समिति बनाएपछि बुधबार सरकार र सो समूहबीच पहिलो चरणको वार्ता भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.