राजनीति

प्रचण्ड, सभामुख सापकोटा लगायत सांसदहरुलाई कोरोना बिरुद्धको खोप

फागुन २३ गतेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकअघि प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरुले बुधबारबाट कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । सांसदहरुलाई निजामती अस्पतालमा खोप लगाउन सुरु गरिएको हो ।

बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, नेकपा नेता देवप्रसाद गुरुङलगायतले खोप लगाएका छन् । अपराह्न ४ बजेसम्म संघीय संसदका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरु, महासचिव, सचिव लगायतलाई खोप लगाउने कार्यक्रम छ ।

सभामुख, अध्यक्ष, उपाध्यक्षका सचिवालयमा कार्यरत कर्मचारीहरु, हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि खोप लगाउने कार्यक्रम निर्धारण गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.