राजनीति

देउवा सरकार चलाउने जिम्मेवारी आए पछि नहट्ने, नेता पौडेल प्रतिपक्षमै बस्न रुचाउने

सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापिन गरेपछि चुलिएको सत्ता समीकरणा निर्णायक भूमिका रहने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारमा जाने कि नजाने आधिकारिक निर्णय गरिसकेको छैन ।

भावी सरकारमा विभाजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कुन पक्षलाई सघाउने भन्ने निर्णय नभए पनि कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुक संचालनको जिम्मेवारी आए पछि नहट्ने बताउनुभएको छ ।

बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफूलाई कुनै लोभ नभएको तर जिम्मेवारी आए पछि हट्नु पनि नहुने बताउँदै भन्नुभयो, ‘कांग्रेसलाई पदको लोभ पनि छैन, काँधमा जिम्मेवारी आयो भने भाग्ने पनि छैन ।

सोही कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी प्रतिपक्षी दलको भूमिकाबाट डगमगाउन नहुने बताउनुभयो । नेता पौडेलले यतिबेला नेपाली जनताले कांग्रेसबाट धेरै आशा गरेका भन्दै कांग्रेस प्रतिपक्षी भूमिकाबाट दाँयाबाँया गर्न नहुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘कांग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह गर्नुपर्छ, यतिबेला विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ । यद्यपि हामी सनो संख्यामा छौं, तैपनि हाम्रो भूमिका ठूलो छ, हाम्रो जिम्मेवारी ठूलो छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.