जल/वातावरण

देशभर मौसम बदली, विभिन्न क्षेत्रमा बिहानैदेखि हल्का वर्षा

आज फागुन २०गते देशैभर मौसम बदली भएको छ । काठमाडौं उपत्यका लगायत देशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले काठमाडौं तथा कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको जनाएको छ ।

दिउँसो पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भू(भागको थोरै स्थानहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको अनुमान छ । पश्चिम नेपालका हिमाली र उच्च पहाडी क्षेत्रमा भने शनिबारदेखि नै वर्षा र हिमपात भइरहेको छ ।

सोमबार पनि देशका केही ठाउँमा हल्का वर्षा र हिमपात हुनेछ भने मंगलबार हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.