क्रिकेटखेल

हङकङमा हुने त्रिदेशीय टी-२० आई श्रृंखलाका लागि नेपाली टोलीको घोषणा

हङकङमा हुने त्रिदेशीय टी-२० आई श्रृंखलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ । आइतबार नेपाल क्रिकेट संघ(क्यानले) १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीको घोषणा

श्रृंखलामा नेपाल हङकङ र पपुवा न्युगिनी सम्मिलित छन् । यस सिरिजको लागि आसिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र अनिल शाहलाई आराम दिइएको छ भने लोकेश बम राष्ट्रिय टोलीमा फर्किएका छन् ।

हङकङमा यही मार्च १० देखि १३ सम्म नेपाल, हङकङ र पिएनजीबीचमा श्रृंखला हुनेछ । रोहित पौडेलको कप्तानी रहेको नेपाली टिममा  कुशल भुर्तेल, गुल्शन झा, करण केसी, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, रासिद खान, सन्दीप जोरा, आरिफ शेख, सागर ढकाल र विवेक यादब रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.